६ पदका लागि स्वदेशी लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब कार्याकारी प्रमुखका लागि १ जना, नायव प्रबन्धकका लागि केही, सहायक प्रबन्धकका लागि केही, वरिष्ठ अधिकृतका लागि केही, नायव अधिकृतका लागि केही र सुपरभाएजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्