मृगौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।यसअघि गत फागुन १८ गते बालुवाटारमा बसेदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन । मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस सम्बन्धी महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

आजको बैठकमा कोरोना भाईरसबाट जोगाउन १३ दिनसम्म देशलाई लकडाउन गर्ने घोषणालाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्