पुनर्बीमा कम्पनीको आईपिओ: लकडाउन खुलेको ७ दिनभित्रैमा बाँडफाँड गरिने

काठमाडौं । एक करोड ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको नेपाल पुनर्बीमा कम्पनीको आईपिओ लकडाउनबाट प्रभावित भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो आईपिओ लकडाउन खुलेको ७ दिनभित्रैमा बाँडफाँड सम्पन्न गर्ने पुनर्बीमा कम्पनीले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले इन्स्योरेन्स खवरसँग भने, ‘हाम्रो तयारी यही १४ गते नै बाँडफाँड गर्ने भन्ने थियो, कोरोना महामारीले प्रभावित बनाएको छ । अब नेपाल सरकारले जारी गरेको लकडाउन खुलेको ७ दिनभित्र शेयर बाँडफाँड सम्पन्न गर्छौ ।’

पुनर्बीमा कम्पनीले यही चैत्र ४ गतेदेखि ७ गतेसम्म एक करोड ६० लाख कित्ता आईपिओमा आवेदन खुल्ला गरेको थियो । सो आईपिओमा चार लाख दुई हजार भन्दा बढिले आवेदन दिएका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्