महाविपद् मा सरकारलाई गाली गर्ने कि नागरिकको दायित्व निर्वाह गर्ने ?

-सन्तोष आचार्य

हिजो आज सामाजिक सन्जाल यस्ता अभिब्यक्ति अनि सरकारप्रति नकारात्मक भावले पोतिएका छन् । तर, सरकारलाइ सहयोग गर्ने र असल नागरिकको जिम्मेवारी बहन गर्ने समय अब आएको छ । हामी जहिले आफ्ना एउटा औला सरकारतिर देखाउँछौ, तर किन हामीले बिर्सिएको त्यो २ औला सरकार तिर तेस्र्याउदा बाँकिका औलाले हामीप्रति प्रश्न गरिरहेका छन् । सरकारले त गरेन अरे, ल भन्नुस् मैले र तपाइले अनि हामीले चाहि के गर्यौ ?

हो, हामीले फेसबुकमा नयाँ परिकारहरूका फोटा हाल्यौ, यहाँसम्म भोलि खसि कट्दैछ, खाने हो भनेर, सोध्न पनि भ्याइम, त्यतिकैमा कमसेकम् अर्को बिपन्न छिमेकी, जो दैनिक गुजारा गरेर खाने गर्छ, लक डाउनको यो अबस्थामा त्यस्ता छिमेकीहरूलाई रासन र पानीको अबस्था के छ, सोध्न भ्याइम कि छैन् ? त्यो १० वटा परिकार मध्ये कमसेकम त्यो परिवारलाइ १ दिनको छाक टार्नसक्ने गरी व्यवस्था मिलाइदिएको भए पनि उ र उसका परिवार साना केटा केटी भोकबाट बन्चित हुने थिए भन्ने हेक्का भयो कि भएन ? अह!, भएन, हामीले गर्यो भने, छिमेकमा भोकले पेट कुइ–कुइ गरेको बेला १० वटा परिकारहरू ट्याग गर्यो, होइन त ! हामी, छिमेकि भएको वास्तवमा असली व्यवहार देखाइरहेका छौ, अनि भन्छौ, सरकार तिम्रो व्यवहार ठिक भएन ।

अर्को कुरा, सिहंदरवार घर–घरमा पुगोस्, भनेर हाल ३ तहको सरकार छ । हाल नेपालमा ७५३ वटा स्थानीय सरकार, ६५५४ वडाहरु छन् । अनि केन्द्रिय तथ्याङ्क विभागको श्रम सर्भे अनुसार नेपालमा दैनिक मजदुरी र ज्यालादारी गरी खाने श्रमिकको संख्या १५ लाख ८६ हजार रहेको छ । सबै स्थानीय सिहंदरवारहरुले माथिका मुख नताकी यस्तो अबस्थामा स्व–स्फूर्त कार्यको थालनी गर्दा भयो कि भएन ? जनता यहिबेला तपाइँको सहि नेतृत्व हेर्न पर्खिरहेको छन् । याद राख्नुहोस्, दुखद र विपत्तिको बेला नै हो जनताले आशा गर्ने, नेतृत्व शैली । अनि, हामीले झक्झकाइरहेका छौ त, हाम्रो नेताहरुलाई । आफू केहि नगर्ने, अनि भन्छौ, सरकार तिम्रो व्यवहार ठिक भएन…..

तपाइँको पहुँच देशको प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग नहोला । तर, स्थानी तह अन्तर्गतको टोल बिकास समितिका अध्यक्ष, पदाधिकारीलाई हाम्रो क्षेत्रमा को–को बिपन्न बर्गका हुनुहुन्छ, वहाँहरुलाइ के सहयोग गर्न सकिन्छ ? भनेर सोध्नु भएको छ ? त्यो पनि गर्नुभएन, आफ्नो अमुल्य मत दिई बिजेता गराउनु भएको वडा अध्यक्ष तथा प्रत्येक क्षेत्रगत वडा सदस्यहरुलाई हाम्रो गाउँ र शहरमा हालसालै विदेशबाट कति जना आउनु भएको छ ? वहाँहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था के छ ? वहाँहरूलाई बस्न उचित प्रबन्ध कस्तो छ ? गाउँमा भोलि सरकारले राहत वितरणका कार्यक्रम यदि लिएर आएमा, तपाईको जो साँच्चिकै बिपन्न र राहतको पर्खाइमा छ, त्यो छिमेकीको कतै नाम त छुटेन, भनेर फोन मात्र घुमाउनु भएको छ ? हामी हाम्रो केबल १ मिनेट त आफ्नो छिमेक र समाज रुपान्तरणमा खर्चिन सक्दैनौ । अनि फेरि भन्छौ, सरकार तिम्रो व्यवहार ठिक भएन….

स्थानीय सरकार हाम्रो समाजकै एक रुप हो र अभिभावक पनि । हिजो बिभिन्न सामाजिक संघ सस्थामा रहेर सेवा पुर्याएको हामीले आज यत्रो ठूलो संकट आइपरेको समयमा आफ्नो ठाउमा नै बसेर प्रबिधिको उच्चतम सदुपयोग गर्दै सरकारलाइ सहयोग खै गरेको । हेर्नुहोस, सरकार एक्लैले केही गर्न सक्दैन । खाँचो छ, हाम्रो साथ (सहयोग अनि समर्थनको । हामीले बिभिन्न संघ सस्थाका अध्यक्ष र पदाधिकारी भएर केही गरेनौ । अनि फेरि भन्छौ, सरकार तिम्रो व्यवहार ठिक भएन….

दैनिक जीवनमा अत्यावश्यक रहेको सामग्री खरिदका लागि लकडाउन गरेपनि बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्था छ । मुल्य आकासिएको छ, उदाहरणका लागि सिजनमा १० देखि १५ रुपैयाँ प्रतिकेजीमा पाउने ‘बन्दा’ तरकारी अहिले प्रतिकेजी ५० रुपैयाँ पुगेको छ । कागती रु ५ प्रति गोटा पाउने हाल रु.१० देखि रु.२० भएको छ । कालो बजारीको धन्दा मौलाएको छ । साधारण आम्दानी हुनेका लागि यो आफैंमा कोरोना भन्दा बढी काल छ । स्थानिय सरकारले घुम्ती सेवा सञ्चालन गरी प्रत्येक वडामा सहुलियत दरमा तरकारी उपलब्ध गराउन सक्दछ । जसको निगरानी नगर प्रहरी, स्थानिय व्यक्तित्वहरुको सहयोग लिन सकिन्छ, । यस्को अगुवाई वडा प्रतिनिधिले गर्न सक्नुहुन्छ, यसबारेमा हामीले वहाँहरूलाइ बाटो नदेखाउने अनि फेरि भन्छौ, सरकार तिम्रो व्यवहार ठिक भएन….

अनि, हाम्रो छिमेकमा भएका स्वास्थ्य चौकी, अस्पताल प्रबिधिमैत्री छन कि छैनन ? भोलि कुनै बिपद् आइपरेको खण्डमा कति वटा भेन्टिलेटर भएका अस्पताल छन् ? आफ्नो वरिपरिको जनसंख्या र छिमेकी गाउँर शहरको पनि बिरामी हेर्नुपरेको खण्डमा त्यो अस्पतालले गुणस्तर सेवा दिनसक्छ कि सक्दैन भन्ने बारे, जनप्रतिनिधिलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराउनको लागि अनुरोध गर्यौं कि गरेनौ । अनि फेरि भन्छौ, सरकार तिम्रो व्यवहार ठिक भएन….

अहिलेको संकटको घडिमा प्रत्येक जनाले आफ्नो तह र तप्काबाट राज्यलाइ सहयोग गरि यस्तो माहामारीबाट जोगिनुपर्छ । साथै, विपन्न वर्गमा आईपर्ने भोकमरीको अवस्था आउन नै नदिइ समुन्नत समाजको परिकल्पना गर्नुपर्दछ । अनि, हामी वीर गोर्खाली, सच्चा हृदयका धनी र एक सच्चा नेपाली भएको चरितार्थ हुनेछ ।

-लेखक आचार्य निप्स, प्रदेश नं १ का सचिव हुन् ।
बिराटनगर, ९८५२०७३३७७  [email protected]

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्