३ महिना बित्यो, झनै चुनौतिपूर्ण बन्दै कोरोना, साना देशको अर्थ व्यवस्थाले धान्न सक्ला ?

– राधिका ओझा

संयुक्त राष्ट्र संघ (UNO) मा दर्ता भएका 193 राष्ट्र र अन्य सबै गरि जम्मा 234 राष्ट्रहरु मध्ये 202 मुलुकहरु COVID-19 नामक प्राणघातक जीवाणु सग लडिरहेको आज 3 महिना पूरा वितिसकेकाे छ । संसार कै शक्तिशालि राष्ट्रहरुकाे रुपमा चिनिने क्रमश: अमेरिका, चीन,जापान ,जर्मन , युके,फ्रान्स, भारत इटली, ब्राजिल ,क्यानडा ,रसिया, द.कारिया, अष्ट्रेलिया र स्पेन जाे याे राेग बाट अहिले सबैभन्दा बढी प्रभावित भएका छन् ।

यी उल्लेखित अधिकांश मुलुकहरु G7 र G20 का सदस्य राष्ट्रहरु पनि हुन् । जहाँ विश्वकाे कुल GDP $91खर्ब 98 अर्ब मध्य G7 ले 46% र G20 ले 60.8% हिस्सा अाेगटेका छन्। (WHO, 30 March2020 & WB report, 2020) दक्षिण एसियाली मुलुकहरुमा भारत 2.72 खर्ब GDP सहित विश्वकाे साताै स्थानमा र नेपाल $29 अर्ब GDP सहित 102 औं स्थानमा पर्दछन्। जनसंख्याको आधारमा हेर्ने हाे भने हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा विश्वकाे कुल जनसंख्या 7.7 अर्ब मध्ये क्रमस 18.5% र 17.7% अर्थात कुल जनसंख्याको 36.2% अटाएकाे अवस्था छ (Worldometers.info,2020) हाललाई COVID-19 काे प्रभाव चीनमा केही नियन्त्रण जस्तो देखिए पनि अन्य विकसित मुलुकहरु इटली, स्पेन, अमेरिका, फ्रान्स अहिले झन झन आक्रान्त बन्दै गएका छन् । संसार भरि नै यसले जनधन सहित अत्यन्तै ठुलाे क्षति र आतङ्क मच्चाइ रहेकाे छ।

……………………………………..

-याे महामारीको औषधि अहिलेसम्म पत्तो लाग्न नसक्नु र संसारभर तिब्र गतिमा फैलिदै गएकाे कारण अहिले विश्व का शक्तिशाली भनिएका मुलुकहरु नै घुडा टेक्ने अवस्थामा पुगेका छन् भने कमजोर मुलुकहरुकाे अवस्था के हाेला अनुमान लगाउन पनि गाह्राे छ। भविष्यमा यसले अझै कस्तो रुप लिने हाे अहिले नै भन्न सकिने अवस्था पनि छैन ।-

……………………………………..

आज विश्वका धेरै देशहरुले यसकाे संक्रमणबाट निकै ठुलो आर्थिक र मानवीय क्षति ब्यहाेरिरहेका छन्, अधिकांश मुलुकहरुले आन्तरिक र वाह्य आवागमन बन्द गर्नुकाे साथै आफ्ना सम्पूर्ण उद्योग ब्यवसाय र दैनिक कार्य ठप्प पारेकाे अवस्था छ। याे महामारीको औषधि अहिलेसम्म पत्तो लाग्न नसक्नु र संसारभर तिब्र गतिमा फैलिदै गएकाे कारण अहिले विश्व का शक्तिशाली भनिएका मुलुकहरु नै घुडा टेक्ने अवस्थामा पुगेका छन् भने कमजोर मुलुकहरुकाे अवस्था के हाेला अनुमान लगाउन पनि गाह्राे छ। भविष्यमा यसले अझै कस्तो रुप लिने हाे अहिले नै भन्न सकिने अवस्था पनि छैन । हाललाई यसकाे औंषधि भनेकाे केबल हाम्रो इमानदारीता र सचेतना मात्र हाे । यसैपनि विश्वमा आर्थिक असमानता यति धेरै चुलिएको छ कि संसारका लगभग 10% मानिससग विश्वकाे 85% धन थुप्रिएकाे र बाँकी 90% मानिससग जम्मा 15% मात्र धन रहेको छ। हुन त याे महामारिले धनी र गरिब कसैलाई चिन्दैन, त्यसमा पनि अहिले यसको असर अझ धनी मुलुकहरु मा नै बढी परेको छ तर जब कमजाेर मुलुकहरुमा यसले आक्रमण गर्न थाल्छ त्यति सजिलै यसलाई भगाउन सकिने अवस्था रहदैन ।

त्यसैले यसकाे क्षति कुन देशले कति व्यहोर्नु पर्छ अहिले नै भन्न सकिने अवस्था त छैन । तथापि मानव जीवनका हरेक क्षेत्रमा यसले निकै ठुलो क्षति र चुनाैती थपिरहेकाे प्रष्ट देखिन्छ । सन् 2014-2016 काे Ebola- virus महामारीकाे अध्ययन बाट अहिलेकाे अवस्थाबारे हामी केही अनुमान मात्र भएपनि लगाउन सक्छौ । त्यो बेला दक्षिण अफ्रिकी मुलुकमा ग्युनिया-2543, सिरिया लिवाेन-3956 र लाइवेरिया-4809, नाइजेरिया -8, माली-6 सहित अमेरिका-1, इटली-1, स्पेन-1,सेनेगल-1,र ब्रिटेन-1 गरि जम्मा-:11327 जनाकाे मृत्यु Ebola virus काे कारण भएकाे थियो भने कुल 28,616 जना संक्रमित बिरामी रहेका थिए । त्यसकाे कुल खर्च 53 अर्ब ($53 billion USD)बराबरको भएको थियाे। उक्त महामारीमा अमेरिकामा 4 जना बिरामी मध्य 1 जानकाे मात्र ज्यान गएकाे थियाे भने अमेरिकाले एक्लै $2.3 billion बराबरको खर्च गरेकाे थियो। याे Ebola महामारीले TB, HIV जस्ता अन्य प्रकाेप र महामारी पनि उत्पन्न गराउनुकाे साथै उद्योग, ब्यपार, यातायात, पर्यटन, स्वास्थ, शिक्षा, कृषि, खनिज लगायतका क्षेत्रमा निकै ठुलाे आर्थिक र सामाजिक क्षति पुर्याएकाे थियो । यसकाे प्रत्यक्ष असरलाई हामी खासगरी बढी प्रभावित मुलुकहरुकाे राष्ट्रिय आम्दानिमा शुन्य (0) देखि ऋणात्मक (-) सम्मकाे गिरावट बाट सजिलै अनुमान लगाउन सक्छाै (WHO,2016). Ebola ले 3 वर्षको अवधिमा 3 वटा मुलुकहरुमा (90% ) र बाँकी 7 वटा मुलुकहरूमा (10% ) गरि विश्वमा जम्मा 10 वटा मुलुकहरुमा मात्र प्रभाव पारेकाे थियाे । तर अहिले COVID-19 ले 3 महिनाकाे अन्तरालमा 203 मुलुकमा प्रभाव पारिसकेकाे छ भने संक्रमितकाे संख्या जम्मा 8,58,892 जना र नयाँ थप 11 जनाकाे मृत्यु सहित जम्मा 42158 जनाले ज्यान गुमाइ सकेको अवस्था छ । याे महामारीकाे कारण अहिले विश्व जगत नै ठप्प हुदै गइरहेको र सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक गतिविधीहरु बन्दकाे स्थितिमा पुगेका छन् (WHO live report , 30 March 2020). यी माथिका तथ्यांकहरुले हामी अहिले कस्ताे अवस्थाबाट गुज्रिरहेका छाै र भाेलिकाे दिनमा यसले कस्ताे असर देखिएला बुझ्न निकै सजिलो बनाउछ।

……………………………………..

-महामारी भन्दा निकै फरक र भयावह देखिएको छ। यसबाट विश्व अर्थतन्त्रमा निकै ठुलो उथलपुथल आउने त देखिएकाे छ । तर त्याेभन्दा बढी महत्वपुर्ण कुरा चाहि यदि यहि अवस्था रहिरहने हाे भने हाम्रो जस्तो मुलुकमा आर्थिक लेखाजोखा त के त्यस्तो कुनै पनि विज्ञ पाउन गाह्राे नपर्ला भन्न सकिन्न । –

……………………………………..

नेपाल जस्तो वैदेशिक राेजगारिले धानेकाे मुलुक, भारत सगकाे खुला सिमानाकाे कारण नारायणी र महाकाली नदिमा समेत हामफाल्दै मातृभूमि फिर्नेकाे लर्काे, बिदेशबाट आएकाहरु चुपचाप परिवार र समाजमा घुलमिल भइरहेको अवस्था, लकडाउनकाे मर्म विपरीत खुलमखुल्ला बाटोमा हिडिरहेकाे अवस्था, संक्रमण चेकजाँच गर्ने सुरक्षित सामाग्रीकाे अभाव, स्वास्थ्य चेतनाको कमि, आयतमा निर्भर अर्थतन्त्र, वस्तुकाे उत्पादक, व्यपारि र सरकार बिच उचित समन्वयको कमि आदि कारणले Coronavirus काे संत्रास घटेन भन्दा पनि बढी रहेकाे आशंका गरिएको छ।

यसैपनि याे राेग हानिकारक त छ नै त्याे भन्दा पनि डरलाग्दो कुरा चरम ग्लाेवलाइजेसन र अनियन्त्रित आवतजावतकाे कारण याे फैलन सक्ने तिब्रता बढेर गएकाे छ । त्यसैले याे अन्य महामारी भन्दा निकै फरक र भयावह देखिएको छ। यसबाट विश्व अर्थतन्त्रमा निकै ठुलो उथलपुथल आउने त देखिएकाे छ । तर त्याेभन्दा बढी महत्वपुर्ण कुरा चाहि यदि यहि अवस्था रहिरहने हाे भने हाम्रो जस्तो मुलुकमा आर्थिक लेखाजोखा त के त्यस्तो कुनै पनि विज्ञ पाउन गाह्राे नपर्ला भन्न सकिन्न । अतएवं, सुरक्षित बसाैं, संयम बनाैं, इमानदार भएर क्वारेन्टाइनकाे नियम पालना गराैं, स्वास्थ्य भै आफु पनि बाँचाै अरुलाई पनि बचाऔ । (कोरोना भाइरस सम्बन्धी तथ्याङ्क चैत्र १९ गते बुधबारमा आधारित छ ।)

-लेखिका नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्