नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर पुनर्बीमा कम्पनीले किन्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर नेपाल पुनर्बीमा कम्पनीले खरिद गरेको छ ।

लकडाउनअघि भएको खरिद सम्झौता बमोजिम आज शेयर कारोबार भएको हो । प्रतिकित्ता १७७६ रुपैयाँ २० पैसाको दरले ५० हजार कित्ता शेयर प्रिमियर इन्स्योरेन्सको नामबाट नेपाल पुनर्बीमा कम्पनीले शेयर खरिद गरेको हो । पुनर्बीमा कम्पनीले आठ करोड ८८ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

प्रिमियर इन्स्योरेन्सले बोलपत्र आह्वान मार्फत सो शेयर बिक्री गरेको थियो । सेयर बिक्री गरेपछि नागरिक लगानी कोषको मूल्य बृद्धि भएपछि शेयर हस्तान्तरणमा केही समय लम्बिएको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्