साँफेबगर नगरपालिकाको ४२१ जना कर्मचारी, जनप्रतिनिधि, स्वयम्सेविकाको बीमा युनाईटेड इन्स्योरेन्समा

काठमाडौं । अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाका ४२१ जना जनप्रतिनिधि, कर्मचारी तथा महिला स्वयम्सेविकाको कोरोना बीमा युनाईटेड इन्स्योरेन्समा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको अछामस्थित साँफेबगर शाखा प्रमुख प्रेमराज रेग्मीले गत शुक्रबार नगरपालिकाबाट दुई लाख ५२ हजार ६२० रुपैयाँ भुक्तानी लिई कोभिड पोलिसी जारी गरिएको जानकारी दिए ।

यससँगै सिंगो नगरपालिकाको बीमा गरेर साँफेबगरले सुदूरपश्चिमकै नगरपालिका बनेको छ । यसअघि काठमाडौंको चन्द्रागिरी नगरपालिकाले कर्मचारी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको बीमा गराएको थियो ।
कोरोना बीमा गराएपछि कोरोना भाइरसको संक्रमण हुने वित्तिकै एक लाख रुपैयाँ बीमा बापत दावी भुक्तानी पाइनेछ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्