कोरोना संक्रमणबाट नेपालमै दोस्रो व्यक्तिको मृत्यु, मन्त्रालयले गर्यो पुष्टी

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकाका २५ बर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हिजो पहिलो मृतकको घोषणा गरेको नेपाल सरकारले आज दोस्रो व्यक्तिको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ मन्त्रालकाय प्रबक्ता विकाश देवकोटाले नरैनापुरका युवकको आज विहान मृत्यु भएको र नमुना परिक्षण गर्दा कोरोना पुष्टि भएको जनाएका छन् ।

पाँचदिन अघि भारतबाट फर्केका भोज भगवानपुरका २५ बर्षिय युवकलाई कोरोनाको आशंकामा गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो । हिजोदेखि एक्कासी ज्वरो तथा ब्लड प्रेसर बढिरहेकोमा आज विहान मृत्यु भएको अध्यक्ष शाहले बताएका छन् ।

सरकारले हिजो मात्रै सिन्धुपचोककी २९ बर्षिय सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो । कोरोना संक्रमितको संख्या ३०० पुग्नै लाग्दा आज अर्को व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्