लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाविरुद्धको जारी लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । विश्वभर फैलिने क्रममा रहेको कोरोना महामारीलाई रोक्ने उद्देश्यले नेपाल सरकारले गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन थप १५ दिन लम्ब्याउने सम्बन्धमा आज निर्णय गरेको हो ।

भोलिसम्मका लागि तोकिएको लकडाउन आज बसेको मन्त्रिपरिषदको बैठकले अब जेठ २० गतेसम्म लम्ब्याएको छ । कोरोना नियन्त्रण हुनुको साटो झनै स्थानीय तहमा फैलिएपछि लकडाउन लम्ब्याउने निर्णय गरिएको हो ।
आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय बैठकले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । कोरोनाको कारणमा नेपालमा दुई जनाको मृत्यु भइसको छ भने संक्रमितको संख्या ३०० नजिक पुगेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्